Saturday, 20 October 2012

नेपालीहरुले विश्वको जुनसुकै ठाँउमा रहेर पनि आफ्नो धर्म ,सस्कृति ,रितिरिवाज ,चालचलन ,भेषभुषा इत्यादि कुराहरुलाई बिर्सनु हुदैन भन्ने हाम्रो मान्यता ,अनि प्राथमिकता पनि हो |हामी जहाँ छौं हाम्रो मनमुटु मस्तिष्कमा ,हाम्रो हर अंग-अंगमा हामी नेपाल
ी हौ भनेर हामी स्वएमलाई थाहाँ हुन्छ |र हामी नेपाली भनेर विश्वसामु चिनिनु पनि गर्वको कुरो हो |

नेपालीहरुले बिदेशमा रहेर पनि आफ्नो धर्म ,सस्कृति ,परम्पर
ालाई जगेर्ना गर्नु कर्तब्य पनि हो |हामीहरु बिदेशमा रहेर पनि हाम्रो हरेक भाबना ,कल्पना अनि मनमुटु देखि नेपाललाई नै मायाँ गरिरहेका हुन्छौं|आफ्नै आफन्तहरु ,आफ्नै गाउँठाउँ, भीरपाखा ,रितिरिवाज आफ्नै धर्म सस्कृति परम्परालाई नै पुकार गरिरहेका हुन्छौं|नेपालमा हुने ठू-ठुल्ला चाद्पर्बहरु नेपालमै मनाइन्छ, बिदेशमा यसको त्यति प्रभाब हुदैन |र बिदेशी कानुनले पनि यसलाई प्राथमिकता दिदैन |नेपालमा जुन रितिथिति चालचलन ,कानुन , त्यहाको मान्छे , धर्म मेलमिलाप सबै विदेशीहरुमा फरक खालको हुन्छ |र बिदेशीहरुले पनि आफ्नै तवरले मनाउने गर्दछन |

नेपालमा महान चाड दसैं तिहारको दिनमा पनि यहाको नीति नियम अनुसार नेपालीहरुलाई चाडपर्ब मनाउ भनेर यहाको कानुनले प्राथमिकता दिदैन र कसैले भन्दा पनि भन्दैन ,हामीहरुलाई बिदा पनि मिल्दैन |कम्पनि मा हामीले नियमित काम गरिरहनु पर्ने बाध्यता छ |जे होस् आज दसैं हो भनेर हामी नेपालीहरुलाई थाहा नै हुन्छ |र हामीले समय मिलाएर अथवा छुट्टीको अवसर पारेर नेपालमा मनाइने ठू-ठुल्ला महान चाद्पर्बहरु मनाउदै आइरहेका छौं|बिशेष त आफ्ना आफन्त साथीभाईहरु जमघट भैभेटघाट हुन्छ |चाद्पर्बको बेलामा घर तिर फोन गरि राम्रो-नराम्रो ,सुख-दु:ख शुभकामना आदानप्रदान गरिन्छ |यस्तै सयौं संख्यामा बिदेशमा पनि विभिन्न खालका क्लब ,संघ-संस्थाहरु हुने गर्दछ |दसैं तिहार कै अवसरमा सबै नेपालीहरु मिलि बिशेष बाताबरणको तर्जुमा गरि... जस्तै -खेलकुद मनोरन्जनात्मक कार्यक्रमहरु भब्यताको साथ गरिन्छ |अनि तिहारमा पनि यस्तै बिशेष तवरले मनाउने गरिन्छ |बिदेशमा रहेका दाजुभाईहरुले नेपाली दिदीबहिनीहरुलाई नै चेली बनाएर कतिपेले टिका लगाउने पनि गरेका छन् |दसैं तिहारको अवसर पारेर नेपालबाट बर्सेनि कलाकारहरु बिदेश भित्रने गर्दछन् |नेपाली कलाकारहरुको सम्मान स्वागत संगै विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु नृत्य,हास्य व्यंग्य कन्सर्टहरु डान्स पार्टीहरु गरि बिशेष तवरले मनाइन्छ|

जे होस् बिदेशी भूमिमा पसिना चुहाएर यँहाको साठी डिग्री तापक्रम संगै जुध्दै नानाथरिका झन्झटिला कामहरु गरेता पनि हामी नेपालीहरुले आफ्नो धर्म सस्कृति ,रितिरिवाज ,भेषभुषा बिर्सेका हुदैनौ |र आफुले मनाउदै आएको चादपर्बहरु बिदेशमा पनि सुख-दु :खका साथ आफ्नै तवरले रमाइलो गर्दै मनाइरहेका हुन्छौं|

No comments:

Post a Comment

please नराम्म्रो न लेखि दिनु होला धन्यबाद |