Thursday, 23 May 2013

FONTS FOR MOBAIL के तपाई ले मोबाइल मा नेपाली लेख्न चाहनुहुन्छ ?


  • मलाई धेरै साथी हरुले दिन मा धेरै पटक sms गरि सोध्नु कि मोबाइल मा नेपाली कसरि लेख्ने भनेर मैले कति प्ये साथी हरु लाइ sms मार्फत भनि पनि सके कति बाकी नै पनि छ तेही भएर आज मैले कसरि मोबाइल मा नेपाली लेख्ने  हुनत कोहि मित्र हरु ले कम्प्युटर मा पनि कसरि नेपाली लेख्ने भनेर सोध्दै हुन् हुन्छ उहा हरु लाइ म के भन्न चाहन्छु भने हामीले केहि महिना अगी नै पोस्ट दिएको छु कम्प्युटर मा कसरि Google Input को साहारा ले नेपाली लेख्न सकिन्छ भनेर हेर्नु होला आज मैले मात्र मोबाइल USE गर्नु  हुने साथी हरुको लागि  यो पोस्ट लेख्दै छु  या तल  छोटो र एक दमै सजिलो तरिका हेर्नु होला

    १.सबै भन्दा पहिला हजुरले opera mini डाउनलोड गर्नु पर्ने हुन्छ तेस्को लागि या क्लिक गरि जानुहोला र डाउनलोड भै सके पछि हजुरले Windows Explorer खोल्नु होस र त्या  अगी तपाइले डाउनलोड गर्नु भएको opera mini लाइ डबल क्लिक गरि खोल्नु होस र हजुरले अब त्या केहि छिन् पर्खिनुस त्या पुरा तरिकामा डाउनलोड हुन बाकि नै छ   डाउनलोड हुन् दिनुस र अनि इस्टल पनि अटोमेटिक हुन्छ हजुरले मात्र केहि छिन पर्खिनु होला उदहारण को लागि यो तलको चित्र हेर्नु होस
    roshan201.blogsport.com
    २. अब हजुरले डाउनलोड भै सके पछि opera mini खोल्नुस 
    र अब त्या opera mini खोलि सके पछि हजुरले माथि सिरान Address bar मा हजुरले about:Config: टाइप गरि ओके गर्नुस 
    ४. अब त्या हजुरले opra Configuration पेज खुलेको हुनेछ तेस्मा हजुरले केहि सेटिंग मिलाउनु पर्ने हुन्छ मैले या तल केहि फोटो लिंक हरु पनि दिएको छु हजुर ले हेर्नुस अनि आफ्नो मोबाइल मा मजाले नेपाली लेख्नु होस
    ROSHAN201.BLOGSPORT.COM
    तपाइले नेपाली लेख्न को लागि यो माथिको सेटिंग हेरी मिलाउन सक्नु हुनेछ बाकी जान कारी को लागि यो तलको लिंक मा क्लिक गरि हेर्नु होला 
    हजुर लाइ यो तरिका कस्तो लाग्यो मन परेमा अबस्य कमेन्ट गर्नु होला धन्यबाद अलि दिमाख लगाएर गर्नु होला तपाइले सक्नु हुनेछ धन्यबाद |

Friday, 17 May 2013

डेक्सटपबाट विश्वर निःशुल्क फोन......

  • स्मार्टफोन प्रयोगकर्ता हुनुहुन्छ भने खुसीको खबर तपाईँले निशुल्न फोन, टेक्स्ट वा च्याट गर्नको लागि प्रयोग हुने एप्स भाइबरले आफ्नो डेक्सटप भर्सन पनि सार्वजनिक गरेको छ । मैले स्मार्टफोन चलाउँदिन डेक्स्टप वा ल्यापट बाट इन्टरनेट चलाउछुँ भन्नेहरुको लागि त छन् खुसीको खबर किनभने उनीहरू भाइबर मार्फत अब आफ्नो पिसी प्रयोग गरेर संसाभर निःशुल्क कल गर्न पाउनेछन् । हेर्नुस भिडियो के यो साँच्चिकै निःशुल्क हो त ? भाइबर एप्स चल्नको लागि इन्टरनेट आवश्यक हुन्छ । यदि तपाईँले स्मार्टफोनमा थ्री जी बाट इन्टरनेट चलाइरहनुभएको छ तपाईँले इन्टरनेट चलाएबापत इन्टरनेट प्रदायकलाई पैसा तिर्नुपर्छ । वाइफाइ इन्टरनेट कनेक्सन हो भने त कहीँ कति पैसा तिर्नु नै पर्दैन त्यसैले यो निःशुल्क हो । स्मरणीय कुरा के छ भने निःशुल्क फोन गर्नको लागि दुवैतर्फ भाइबर एप्स इन्स्टल भएको हुनुपर्छ । कसरी गर्ने इन्स्टल ? भाइबर इन्स्टल गर्नको लागि तपाईँ Viber.com मा जानुहोस् । त्यसको तलपट्टि Get Viber भन्नेमा क्लिक गरेपछि तपाईँको कम्प्युटरमा एउटा एप्लिकेशन फाइल डाउनलोड हुन्छ । डाउनलोड भएको उक्त फाइलबाट आफ्नो कम्प्युटरमा भाइबर इन्स्टल गर्न सकिन्छ ? भाइबर इन्स्टल गर्नको लागि उक्त एप्सले तपाईँको फोन नम्बर माग्दछ । आफ्नो मोबाइल नम्बर हानेपछि उक्त एप्सले काम गर्न थाल्छ । फाइदा के ? भिडियो कलको समेत सुविधा उच्च गुणस्तरको भ्वाइस कल निःशुल्क टेक्स र फोटो म्यासेज ग्रुप कन्भरसेसन चलाउनको लागि कुनै रजिष्ट्रेसन, पासवर्ड नचाहिने । स्काइपीलाई चुनौती भ्वाइस र भिडियो कलको लागि प्रख्यात कमाएको स्काइपीलाई भाइबरको डेक्सटप एप्सले चुनौती दिन थालेको छ । करिब २० करोड युजरहरु रहेको भाइबरले ६० करोड प्रयोगकर्ता रहेको स्काइपीलाई टक्कर दिने जमर्को गरेको हो । स्मार्टफोनमा मात्र सीमित भएको भाइबर अब डेक्सटपमा आएपछि यसको महत्व अझै बढ्ने सम्भावना व्यक्त गर्न सकिन्छ ।

admin ,,priyansh.....

Sunday, 12 May 2013

नेपालले पनि आफ्नै सेटलाइट अन्तरिक्षमा पठाउने

  • काठमाडौं- अन्तरिक्षमा आफ्नै भू–उपग्रह(सेटलाइट) राख्ने विषयमा नेपालले अध्ययन थालेको छ। इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आइटियु)ले सेटलाइट राख्ने अर्बिटल स्लट उपयोग गरिसक्नुपर्ने भनी तोकेको समयसीमा नजिकिँदै गर्दा त्यसबारे अध्ययन गर्न सूचना तथा सञ्चार मन्त्रालयले कार्यदल गठन गरेको हो। फ्रिक्वेन्सी महाशाखा प्रमुख नारायण सञ्जेलको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरिएको छ। कार्यदलमा विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका सहसचिव लक्ष्मीनारायण साह, नेपाल दूरसञ्चार प्राधिकरणका कार्यकारी निर्देशक अनन्तराम खनाल, नेपाल टेलिभिजनका दीपकमणि धिताल सदस्य र मन्त्रालयकै उपसचिव गौरव गिरी सदस्यसचिव छन्। सञ्जेलले विषय र जिम्मेवारी बाँडफाँट गरी आइतबारबाटै अध्ययन सुरु गरिएको जनाए। 'प्रतिवदेनमा केके विषयलाई समेट्ने भनेर खाका बनाएका छौं,' उनले भने, 'अन्तर्राष्ट्रिय प्रचलन, सेटलाइटको व्यावसायिक प्रयोग, सम्भाव्यता अध्ययन प्रक्रियाका विषयमा सदस्यबीच जिम्मेवारी बाँडफाँट गरी अध्ययन सुरु गरेका छौं।' कार्यदलले तीन साताभित्र मन्त्रालयमा रायसुझाव बुझाउने तयारी गरेको छ। कुन अर्बिटल स्लट बढी उपयोगी हुनसक्छ, त्यसलाई कसरी जुटाउने जस्ता विषयमा अझै अनुसन्धान हुन सकेको छैन। 'सम्भाव्यता अध्ययनका लागि मात्र तीन करोड नेपाली रुपैयाँ लाग्ने अनुमान छ,' सञ्जेलले भने, 'त्यस्तो अध्ययन गर्दा आपसी वार्ताको माध्यमबाट दिने वा ग्लोबल टेन्डरको माध्यमबाट जाने भन्ने विषय समेटिनेछन्।' सेटलाइट राख्न अर्बौँ खर्च हुने भएकाले मन्त्रालय एक्लैले भन्दा पनि पूरै नेपालको चासो र सरोकारको विषय भएको उनले बताए। 'व्यावसायिक प्रयोजनमा जान सक्छौं वा सक्दैनौं भनेर पनि हेरिनेछ,' सञ्जेलले भने, 'हामीलाई २ हजार मेगावाट विद्युत भएपछि पुग्छ तर जलविद्युत उत्पादन गर्ने क्षमता ८३ हजार मेगावाट छ। ८३ हजार उत्पादन गर्ने हो भने सम्भावित बजार चाहियो नि! सेटलाइटमा पनि त्यही हुनसक्छ।' आइटियुले सन् २०१५ सम्ममा आफ्ना सदस्य राष्ट्रलाई अर्बिटल स्लट उपयोगका लागि तयारी गर्न समयसीमा तोकेको छ। ५० डिग्री पूर्वी देशान्तर र १२३.३ डिग्री पूर्वी देशान्तर दुई अन्तरिक्षमा स्लट नेपालका लागि आइटियुले छुट्याएको छ। भूमध्य रेखाबाट ३७ हजार किलोमिटरमाथि गुरुत्वाकर्षणले नछुने स्थानमा सेटलाइट राख्ने गरिन्छ। दूरसञ्चार तथा अन्य प्रयोजनका लागि उपयोग हुने गरी देशलाई अर्बिटल स्टल छुट्याउने गरेको छ। नेपालका लागि सन् १९८४ मै स्लट छुट्याइएको थियो। आइटियुको समय सीमासँगै छिमेकी देशहरूले समेत यससम्बन्धी तयारी सुरु गरिसकेका छन्। बंगलादेश र श्रीलंकाले चीनको सहयोगबाट सन् २०१५ भित्रै आफ्नो भू–उपग्रह पठाउने तयारी थालेका छन्। 'नेपालका लागि ५० डिग्री पूर्वी देशान्तरको स्थान बढी उपयोगी भए पनि त्यसमा बढी हुन्छ भन्ने छ,' सञ्जेलले भने, 'तर त्यसमा धेरै देशको सेटलाइट छन्, भीड पनि छ। १२३.३ डिग्री पूर्वी देशान्तरको स्थाननजिकै देशको सेटलाइट छैन।' विभिन्न प्रयोजनका लागि नेपालमा सेटलाइट प्रयोग भने हुँदै आएको छ। त्यसका लागि वार्षिक करोडौं डलर बाहिरिने गरेको छ। नेपालले सेटलाइट प्रयोगबापत वार्षिक २ अर्ब ५८ करोड रुपैयाँ खर्च गर्छ।विदेशीको चासोनेपालमा भूउपग्रह पठाउने विषयमा अध्ययन गर्ने विषयलाई विदेशी सञ्चारमाध्यमले चासोसाथ हेरेका छन्। चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाको समाचारलाई चीनका सञ्चारमाध्यमले प्राथमिकतासाथ दिएर प्रकाशित गरेका छन्। त्यसैगरी भारतीय 'द हिन्दु' पत्रिकाले चीनले भूउपग्रह पठाउनेबारेमा विकासोन्मुख देशलाई प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउने गरेकाले नेपालको भूउपग्रह चीनतर्फ मोडिन सक्ने चिन्ता व्यक्त गरेको छ। भारतीय मन्त्रिपरिषदको सुरक्षा कमिटीले मार्चमा अन्तरिक्ष अनुसन्धान संगठनलाई त्यसमा सक्रिय हुन निर्देशन दिएकोसमेत समाचारमा उल्लेख छ। विश्वका कमै देशसँग मात्रै भूउपग्रह बनाउने र अन्तरिक्षमा पठाउने सक्ने क्षमता छ। दुवै छिमेकी देश चीन र भारतसँग यो क्षमता छ।

Wednesday, 8 May 2013

adobe flash player!! how to donwload see at now on roshan blog.

Adobe Flash Player

click here to donwload>>> install_flashplayer11x32au_mssa_aih.exe

Next steps

1.
When Opening dialog box appears, click Save File.

2.
When Downloads window appears, double-click the file.

3.
When Security Warning dialog box appears, click Run.

Saturday, 4 May 2013

बधाई ! बधाई !! बधाई !!!

आईसीसी डिभिजन थ्री पाँचौ तथा लिग चरणको अन्तिम खेलमा ♥♥ नेपाल ♥♥ ले इटाली लाई शानदार आठ विकेट ले हराएको छ ।

नेपाली टिमलाई बधाई स्वरुप शुभकामना सन्देशका साथै सक्दो लाईक तथा शेयर गरौ ।