डेक्सटपबाट विश्वर निःशुल्क फोन......
-
स्मार्टफोन प्रयोगकर्ता हुनुहुन्छ भने खुसीको खबर तपाईँले निशुल्न फोन,
टेक्स्ट वा च्याट गर्नको लागि प्रयोग हुने एप्स भाइबरले आफ्नो डेक्सटप
भर्सन पनि सार्वजनिक गरेको छ । मैले स्मार्टफोन चलाउँदिन डेक्स्टप वा
ल्यापट बाट इन्टरनेट चलाउछुँ भन्नेहरुको लागि त छन् खुसीको खबर किनभने
उनीहरू भाइबर मार्फत अब आफ्नो पिसी प्रयोग गरेर संसाभर निःशुल्क कल गर्न
पाउनेछन् । हेर्नुस भिडियो के यो साँच्चिकै निःशुल्क हो त ? भाइबर एप्स
चल्नको लागि इन्टरनेट आवश्यक हुन्छ । यदि तपाईँले स्मार्टफोनमा थ्री जी बाट
इन्टरनेट चलाइरहनुभएको छ तपाईँले इन्टरनेट चलाएबापत इन्टरनेट प्रदायकलाई
पैसा तिर्नुपर्छ । वाइफाइ इन्टरनेट कनेक्सन हो भने त कहीँ कति पैसा तिर्नु
नै पर्दैन त्यसैले यो निःशुल्क हो । स्मरणीय कुरा के छ भने निःशुल्क फोन
गर्नको लागि दुवैतर्फ भाइबर एप्स इन्स्टल भएको हुनुपर्छ । कसरी गर्ने
इन्स्टल ? भाइबर इन्स्टल गर्नको लागि तपाईँ Viber.com मा जानुहोस् । त्यसको
तलपट्टि Get Viber भन्नेमा क्लिक गरेपछि तपाईँको कम्प्युटरमा एउटा
एप्लिकेशन फाइल डाउनलोड हुन्छ । डाउनलोड भएको उक्त फाइलबाट आफ्नो
कम्प्युटरमा भाइबर इन्स्टल गर्न सकिन्छ ? भाइबर इन्स्टल गर्नको लागि उक्त
एप्सले तपाईँको फोन नम्बर माग्दछ । आफ्नो मोबाइल नम्बर हानेपछि उक्त एप्सले
काम गर्न थाल्छ । फाइदा के ? भिडियो कलको समेत सुविधा उच्च गुणस्तरको
भ्वाइस कल निःशुल्क टेक्स र फोटो म्यासेज ग्रुप कन्भरसेसन चलाउनको लागि
कुनै रजिष्ट्रेसन, पासवर्ड नचाहिने । स्काइपीलाई चुनौती भ्वाइस र भिडियो
कलको लागि प्रख्यात कमाएको स्काइपीलाई भाइबरको डेक्सटप एप्सले चुनौती दिन
थालेको छ । करिब २० करोड युजरहरु रहेको भाइबरले ६० करोड प्रयोगकर्ता रहेको
स्काइपीलाई टक्कर दिने जमर्को गरेको हो । स्मार्टफोनमा मात्र सीमित भएको
भाइबर अब डेक्सटपमा आएपछि यसको महत्व अझै बढ्ने सम्भावना व्यक्त गर्न
सकिन्छ ।
admin ,,priyansh.....
No comments:
Post a Comment
please नराम्म्रो न लेखि दिनु होला धन्यबाद |