Wednesday, 13 March 2013
||मोबाइलमा नयाँ प्रविधि||
मोबाइल
उत्पादकहरूको कुम्भमेला जीएसएम
मोबाइल वल्र्ड कंग्रेस
केही नयाँ प्रविधि लिएर आएको छ ।
हरेक वर्ष हुने मोबाइल
उत्पादकहरूको सबैभन्दा ठूलो प्रदर्शनी भएको स्पेनको बार्सिलोनामा गत
साता मोबाइल प्रेमीलाई
खुसी बनाउने धेरै नयाँ देखिए ।
मोबाइल बोकेर कतै
हिँडेका बेला पानीमा भिज्यो भने ?
पकेटमा राखेको मोबाइलसहित कसैले
कपडा धुनलाई वासिङ
मेसिनमा हालिदियो भने ?
वा सर्टको पकेटमा राखेर हात धुन
निहुरिँदा मोबाइल
पानीमा खस्यो भने ? अहिलेसम्म
त्यो अवस्था आए मोबाइल बिग्रने
थियो । मोबाइल कंग्रेसमार्फत
मोटोरोला, अल्का टेल, सामसुङ,
क्याटलगायतका कम्पनीले वाटरप्रुफ
मोबाइल बजारमा ल्याएका छन् ।
ती मोबाइलको भित्र र बाहिर
पानी नछिर्ने गरेर
मानिसको कपालभन्दा १ हजार
गुणा पातलो भ्याकुम चेम्बर,
ग्यासको पत्र राखिएको छ ।
चिसोमा पन्जा लगाएका बेला स्मार्टफोन
चलाउन के गर्ने ? अब सजिलो भएको छ
। हुवावेले एसेन्ड पी २
मोडलको यस्तो सेट ल्याएको छ,
जसलाई पन्जासहितको औंलाले चलाउन
सकिन्छ ।
यस्तै नोकियाले यसै
साता सार्वजनिक
गरेको लुमिया ९२० ले पनि फेबि्रक र
स्किन (छाला) दुवैले छोएर चलाउन
सकिन्छ । मोबाइल कंग्रेसले
मोबाइलमा वैकल्पिक अपरेटिङ
सिस्टम (ओएस) को सम्भावनालाई
पनि उजागर गरेको छ । स्मार्टफोन
भन्नासाथ एप्पलको आईओएस,
गुगलको एन्ड्रोइड,
माइक्रोसफ्टको विन्डोज र
रिमको ब्ल्याकबेरी ओएसबाट मात्र
चल्ने भनेर चिनिँदै आएको थियो ।
कुम्भमेलाले स्मार्टफोन
प्रयोगकर्तालाई ओएसको विकल्प
दिएको छ । बजारमा फायरफक्स,
टिजेन, उबन्टुलगायतका ओएस
सार्वजनिक भएका छन् ।
मेलामा मोबाइलबाट
घरमा भएका विद्युतीय उपकरणहरू
प्रिज, भ्याकुम क्लिनर, टिभीलगायत
कन्ट्रोल गर्ने
प्रविधि पनि सार्वजनिक भएका छन्
।
स्मार्टफोन भन्नासाथ महँगो हुन्छ
भन्ने भ्रम पनि मोबाइल कंग्रेसले
हटाएको छ । नोकियाले
मेलामा सार्वजनिक
गरेको लुमिया ५२० मोडलको १ सय
३९ डलर (करिबकरिब १२ हजार
रुपैयाँ) पर्छ । यस्तै १० हजार
रुपैयाँभन्दा सस्ता एन्ड्रोइड
ब्रान्डेड सेट
पनि मेलामा सार्वजनिक भए ।
विश्वका २
सयभन्दा बढी मुलुकका करिब ७०
हजारभन्दा बढी भिजिटरले अवलोकन
गरेको मेलामा सामसुङ, एलजी,
नोकिया, हुवाई, सोनी, जेडटीई,
एचटीसी, रिसर्च इन मोसन (रिम),
अल्काटेल, मोटोरोला, फुजित्सु, एसर,
क्याटलगायतका कम्पनीले
आफ्ना पछिल्ला प्रविधियुक्त
मोबाइल सेट सार्वजनिक गरे ।
तीमध्ये केहीले
अवलोकनकर्ताको ध्यान आकर्षण
गरेको थियो ।
दुई डिस्प्लेयुक्त स्मार्टफोन
एनटीटी डोकेमोले
एन्ड्रोइडको पछिल्लो संस्करणको ओएस
प्रयोग भएको मेडियाज डब्लूएन ०५ ई
मोडलको सेट सार्वजनिक गरेको छ ।
यसमा पट्याउन मिल्ने ४.३
इन्चका दुई क्यू एचडी स्क्रिन डिस्प्ले
छन् । यसको एउटा स्क्रिन प्रयोग
गरिरहेका बेला अर्को बन्द हुन्छ ।
भिडियो हेर्नका लागि दुई स्क्रिन
जोडेर एउटै बनाउन सकिन्छ । आफूले
एउटा स्क्रिनमा भिडियो हेरिरहेका बेला अर्को अगाडि बसेको साथीलाई
देखाउन मन लागे त्यसको प्रतिविम्ब
अर्को स्क्रिनमा देखाउन सकिन्छ ।
दुई स्क्रिन जोडेर
हेर्दा यो स्मार्टफोन ५.६
इन्चको ट्याब्लेटमा परिवर्तन हुन्छ
।
यसमा भएका दुई स्क्रिनमध्ये
एउटालाई डिस्प्ले र अर्कोलाई
किप्याडका रूपमा समेत प्रयोग गर्न
सकिन्छ । यसमा डुएल कोर १.५
गिगाहर्ज प्रोसेसर, १
जीबीको र्याम, १६ जीबी इनविल्ड
स्टोरेज छ । धेरै मेमोरी चाहिए
माइक्रोएसडी राख्ने स्लट पनि छ ।
यसमा ८.१ मेगापिक्सेलको क्यामेरा छ
।
फायरफक्स ओएसयुक्त फोन
अल्काटेलले पहिलोपटक फायर फक्स
ओएस प्रयोग गरिएको वन टच फायर
फोन सार्वजनिक गरेको छ ।
प्लास्टिक केसिङयुक्त राउन्डेड कर्नर
सेप, ३.५ इन्चको स्क्रिन, आकर्षक
इन्टरफेस भएको नयाँ सेटको फरक
विशेषता भनेको पहिलोपटक मोबाइल
चलाउन प्रयोग भएको सफ्टवेयर हो ।
यसमा सिंगल कोर १
गिगाहर्जको क्वालकम प्रोसेसर, २
सय ५६ एमबीको र्याम, ३.२
मेगापिक्सेलको क्यामेरा र ३२
जीबीसम्मको स्टोरेज राख्न मिल्ने
स्लट छ । फायर फक्स वेभ ब्राउजर
निर्माता मोजिल्लाले विकास
गरेको ओपन सोर्स ओएस हो ।
एसका एप्स एचटीएमएल फाइभ
प्रयोग गरेर बनाइएको छ ।
यसको अर्थ यसका एप्सलाई वेभ, फोन
र ट्याब्लेट प्रयोगमा ल्याउन
सकिन्छ । भर्खरै बजारमा आएकाले
आईओएस,
एन्ड्रोइडको स्टोरमा जस्तो यसका धेरै
एप्स छैनन् ।
यसको प्रयोगकर्ता संख्याका आधारमा एप्स
विकास गर्दै लैजाने मोजिल्लाले
बताएको छ । बजारमा फायर फक्स
ओएसयुक्त सेट आउन अझै केही समय
लाग्नेछ ।
तर पनि यसमा प्रयोग हुने एप्स
बजारमा उपलब्ध छन् ।
यसको इन्टरफेस साधारण छ ।
होमस्क्रिनमा भएको ट्रेमा आफूलाई
आवश्यक एप्सका सर्टकट, टेक्स मेसेज,
फोन डाइलर, फायरफक्स
ब्राउजरलगायत राख्न सकिन्छ ।
फायरफक्स ओएस प्रयोग गर्न निकै
सजिलो हुने गरेर डिजाइन गरिएको छ
।
क्याटको कामदार फोन
अहिलेसम्म
बजारमा आएका स्मार्टफोन
कामदारका लागि उपयोगी छैनन् ।
निर्माणस्थलमा काम गर्दा,
ठोक्किने, झर्ने, फुट्ने, धूलो,
पानीमा पर्ने समस्या हुन्छ ।
महँगो फोनलाई
यस्तो अवस्थामा जोगाउन कठिन
हुन्छ । अब चिन्ता लिनु पर्दैन ।
गह्रौं निर्माण सामग्रीहरू उत्पादन
गर्दै आएको क्याट कम्पनीले
कामदारकै लागि मोबाइल
ल्याएको छ ।
बलियो, टिकाउ, पानी,
धूलोमा पर्दा पनि नबिग्रने
स्मार्टफोन क्याट बी १५ एस
मोबाइल कंग्रेसमा सार्वजनिक
गरिएको हो । कडा रबर र
आल्मुनियमबाट बनेको यो सेट
बाक्लो र लामो समय टिक्ने कम्पनीले
दाबी गरेको छ । धूले मरुभूमि होस्
वा बन्दरगाहमा काम गर्ने मजदुर ।
दुवैले सेट
पानी वा धूलोमा पर्दा चिन्ता गर्नु
पर्दैन ।
कम्पनीले माइनस ४ देखि १ सय ३१
डिग्री फरेनहाइटसम्मको तापक्रममा यसले
काम गर्ने बताएको छ ।
पानीमा भिजेको औंलाले
चलाउँदा पनि यसको स्क्रिनले सेन्स
गर्छ । गुरिल्ला ग्लास प्रयोग
भएकाले हत्तपत्त यसको स्क्रिन
फुट्दैन । यसमा १ गिगाहर्जको डुएल
कोर मेडिया टेक प्रोसेसर, ५
मेगापिक्सेलको क्यामेरा र भीजीए
फ्रन्ट फेसिङ क्यामेरा छ ।
यसले भिडियो कल गर्न सजिलो छ ।
इन्टरनल ४ जीबी र ३२ जीबीसम्म
बढाउन मिल्ने
मेमोरी भएको क्यामेरामा २ हजार
एमएएचको ब्याट्री भएकाले १६.३
घन्टा टकटाइम ब्याकअप दिन्छ ।
यसमा एन्ड्रोइडको पछिल्लो भर्सन
४.१ जेलिबिन प्रयोग भएको छ ।
उबन्टु ओएसको आकर्षण
मोबाइल वल्र्ड
कंग्रेसमा सबैको ध्यान नयाँ ओएस
उबन्टुले तानेको छ । क्यानोनिकलले
विकास गरेको नयाँ ओएस सार्वजनिक
रूपमा बजारमा भने
अक्टोबरमा मात्रै आउनेछ । अहिले
गुगल नेक्सस ४ स्मार्टफोन र गुगल
नेक्सस ७ मा यसको प्रयोग गरेर
मेलामा सार्वजनिक गरिएको छ ।
स्क्रिनको माथिल्लो भागमा रहेको कालो
बारमा सामान्यतः देखिने,
ब्याट्री र फोनको सिग्नल देखाउँछ ।
सँगै सर्च बटन छ । यसबाट सजिलै
आवश्यक कुरा खोज्न सकिन्छ ।
सर्टकटको लिस्ट हुने भएकाले एप्स
ओपन गर्न निकै सजिलो छ । मुख्य होम
स्क्रिनमा आफूलाई मन
परेको भिडियोलगायतका सामग्री हाइलाइट
गरेर राख्न सकिन्छ ।
इन्टरफेसमा बटम खासै छैनन्,
स्क्रिनको किनाराबाट
औंला घिसारेर आफूलाई आवश्यक मेनमेनु,
एप्सका सर्टकट कोलम निकाल्नुपर्छ
। एन्ड्रोइड,
आईओएसलगायतका स्मार्टफोनमा जस्तै
यसमा पनि एप्स र गेम डाउनलोड
गर्न सकिन्छ । यसमा एचटीएमएल ५
सपोर्ट गर्ने भएकाले अनलाइन वेब
एप्सले सजिलै
काम गर्छ ।
कम्प्युटर, ल्यापटपमा डाउनलोड
गर्ने फेसबुक, ट्युटरजस्ता एप्स उबन्टु
प्लेटर्फममा सजिलै डाउनलोड गर्न
सकिन्छ । मेलामा उबन्टु ओएस उत्कृष्ट
ठहरिएको छ । टेक्नोलोजीको रिभ्यु,
न्युज, आर्टिकल, ब्लग
आदिका लागि प्रसिद्ध
अमेरिकी टेक्नोलोजी मिडिया वेबसाइट
सिनेटको निणर्ायक टिमले त
क्यानोनिकलको नयाँ मोबाइल ओएस
उबन्टुलाई
कंग्रेसको सबैभन्दा रोमाञ्चक
चीजको पगरी दिएको छ ।
Labels:
''
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
please नराम्म्रो न लेखि दिनु होला धन्यबाद |