Friday, 22 March 2013

मोबाइल, क्यामरा तथा ल्यापटप
पानीमा भिज्यो भने के गर्ने ?                                                                                                              




  • १. तपाइँको ग्याजेट चाहे मोबाइल फोन, ल्यापटप
वा क्यामरा नै किन नहोस् यदि भिजिहाल्यो भने
तत्काल स्विच अफ गर्नुहोस् र
ब्याट्री निकाल्नुहोस् ।
२. मेमोरी कार्ड तथा सिमकार्ड
लगायतका सामान पनि बाहिर निकाल्नुहोस् ।
३. ग्याजेटलाई हल्लाएर र झट्कारेर भित्र
पसेको पानीलाई बाहिर निकाल्ने प्रयास गर्नुहोस्

४. बाहिर भागलाई
सुख्खा बनाउनका लागि सुकिलो कपडा वा कागजले
पुछ्नुहोस् तर खस्रो सामानले रगड्ने काम
नगर्नुहोस् ।
५. ग्याजेटबाट ओसिलोपना हटाउन त्यसलाई
एअर कन्डिसनरको नजिकै राख्नुहोस् तर
पंखा वा हेयर ड्रायरको प्रयोग गरेर ग्याजेट
सुकाउने प्रयास नगर्नुहोस् ।
६. सम्भव भए तपाइँको भिजेको मोबाइल,
ल्यापटप वा क्यामरालाई केहीबेर
धानको थुप्रोभित्र खुसाएर राख्नुहोस्
यसो गर्दा चिस्यास सोसिन्छ । तर
यसो गर्दा ग्याजेटमा धुलो र भुस पर्नबाट
जोगाउनुपर्छ ।
केही घण्टा धानको थुप्रोमा राख्न सकियो भने
चिस्यान पूरै सोसिन्छ ।
८. धान भित्रबाट ग्याजेट निकाल्नुहोस् ।
चिस्यान भए नभएको राम्ररी हेर्नुहोस् । कतै
चिस्यान देखिएमा कान कोट्याउने बड अल्कोहल
स्पि्रटमा चोपेर चिस्यान भएको ठाउँमा बिस्तारै
दल्नुहोस् त्यसो गर्दा ओसिलोपना हराउँछ ।
त्यसपछि बिस्तारै आफ्नो ग्याजेटको स्विच अन
गर्नुहोस् । उल्लेखित ८
तरिका अपनाएमा तपाइँको ग्याजेटलाई पानीले
असर पूराउन पाउँदैन । तर भित्री भागमा धेरै
पानी पसिसकेको वा पानीमा भिजेको लामो समय
भैसकेको ग्याजेटका लागि भने यो उपाय
कामयावी नहुन सक्छ त्यसैले छिट्टो भन्द
छिट्टो मर्मत सेन्टरमा जानुहोला ।

1 comment:

please नराम्म्रो न लेखि दिनु होला धन्यबाद |